
सायद हामी चुपचाप रह्यौँ
Crochet Diaries
Made with HeartMuLa
Make a song like this
Turn a name, a memory or your own lyrics into a song in a few minutes.
Prompt
[Intro — Female] त्यो सानो कक्षाकोठामा, तिमीलाई देखेँ एक दिन, थाहै नपाई तिम्रै नामले, सजिन थाल्यो मेरो मन। सुरुमा तिम्रा कुराहरूले, रिस उठ्थ्यो कति मलाई, कहिलेबाट तिमी खास भयौ, सोध्न सकिनँ आफैँलाई। [Verse 1 — Female] साथीहरूले तिम्रो नाममा, जिस्काउँदा लुक्थेँ म, बाहिरबाहिर रिसाए पनि, भित्रभित्रै हाँस्थेँ म। तिमी सबैसँग हाँस्थ्यौ, म टाढाबाट हेरिरहन्थेँ, तिमीलाई केही थाहा नदिई, तिम्रै सपना बुनिरहन्थेँ। [Verse 2 — Male] अपरिचित त्यो नामबाट, एउटा सन्देश आयो, को होला त्यो मान्छे भनी, मनमा प्रश्न छायो। कहिलेकाहीँ तिमी देखिँदा, नजर उतै जान्थ्यो कि, तिम्रो मौन मुस्कानभित्र, कुनै कुरा लुकेको थियो कि? [Pre-Chorus — Female, Male] Female: तिमीले मलाई देख्यौ कि, मेरो भ्रम मात्रै थियो? Male: तिमीलाई मैले सम्झेँ कि, संयोग मात्रै थियो? Both: नभनिएका ती कुराहरू, हावामा हराए, एउटै बाटो हिँड्ने हामी, अपरिचित नै रह्यौँ। [Chorus — Both] सायद तिमीलाई पनि, केही भन्न मन थियो, सायद मेरो मौनतामा, तिम्रो मन पनि अल्झिएको थियो। म त तिम्रै नजरभित्र, हजार सपना खोजिरहेँ, तिमीले पनि सम्झियौ कि भनी, आफ्नै मनलाई सोधिरहेँ। [Verse 3 — Female] दुई दिन एउटै सिटमा, सँगसँगै फर्किएका, बोल्न नसकेका कुराहरू, आँखाभित्रै राखिएका। तेस्रो दिन अर्कै कोही, त्यही सिटमा बस्दा, तिमी त्यहाँ नबसी पछाडि गयौ, साथीहरूसँग उभिँदा। किन खाली छोड्यौ त्यो ठाउँ, आजसम्म सोचिरहेँ, कुनै अर्थ थियो कि थिएन, उत्तर आफैँ खोजिरहेँ। [Verse 4 — Male] सायद तिम्रो उपस्थितिले, मेरो नजर तान्यो कि, तिमी नजिकै हुँदा मनले, केही भन्न खोज्यो कि। तर समयले साथ दिएन, शब्द ओठमै रोकिए, एकअर्कालाई बुझ्ने सपना, मनभित्रै हराए। [Final Chorus — Both] सायद तिमीलाई पनि, केही भन्न मन थियो, सायद हाम्रो मौनताभित्र, अधुरो सपना थियो। एउटै सिट, एउटै बाटो, छुट्टाछुट्टै रहर, नजिक भएर पनि किन भयौँ, दुई किनारझैँ पर? [Outro — Female, Male harmony] Female: तिमीलाई मेरो कथा थाहा भएन कहिल्यै, Male: तिम्रो मनको कुरा बुझ्न सकिनँ मैले पनि सायद। Both: भेट भए पनि अपरिचित, छुटे पनि याद भयौँ, सायद तिमीलाई पनि… सायद हामी दुवै चुपचाप रह्यौँ।