आमाबुबाको सपन
rock

आमाबुबाको सपन

Tilak Thapa

0 いいね3:332026年9月27日

HeartMuLa で作成

こんな曲を、あなたも作ってみませんか

名前や思い出、自分で書いた歌詞が、数分で1曲の歌になります。

Make it a gift

プロンプト

🎤 गाउँले सोझो ठिटो [Intro] म हुँ गाउँले सोझो ठिटो, सबैसँग बोलिदिने मिठो, हुर्किएँ मैले खाएर आँटो–पिठो, साथीभाइको दुःखमा पनि, बाँडिदिन्छु आफ्नो सिटो। [Verse 1] सबैको माया पाएर हुर्केको मान्छे, सानो कुरामै खुसी हुने मेरो बानी छ, सम्पत्तिको घमण्ड कहिल्यै गर्दिनँ, तर मनमा सपना भने ठूला–ठूला छन्। कसैको बोली तीतो, मनमा पच्दैन, तर कसैको नराम्रो म चाहँदिनँ, माटोको सुगन्ध बोकेर हिँडेको छु, आफ्नो पहिचान कहिल्यै भुल्दिनँ। [Pre-Hook] यतिले पुग्दैन, सपना धेरै छन्, आँखाभरि अझै आशा धेरै छन्, पूरा नगरी म रोकिन्नँ, घाटसम्म पुगेर पनि हार मान्दिनँ। [Hook] आमाबुबाको सपना पूरा गर्नुछ, बुबाको खाली गोजी नोटले भर्नुछ, आमाको थैली खुसीले भर्नुछ, दुःख जति आए पनि अघि बढ्नुछ। गाउँले सोझो ठिटो हुँ म, तर सपना मेरो ठूलो छ, आज परदेशमा पसिना बगाउँछु, भोलि आफ्नै घरमा फर्किनुछ। [Verse 2] चिल्लो गाडीमा नेता दौडिन्छन्, युवा चाहिँ रोजगारी खोज्दै भौतारिन्छन्, कोही खाडीमा, कोही परदेशमा, कोही बेरोजगार आफ्नै देशमा। म पनि त्यही भीडको एउटा यात्री, भाग्य खोज्दै हिँडेको छु रातदिन भारी, कहिले हाँसो, कहिले आँसु, तर हार मान्ने छैन, जति आए पनि बाधा। थरीथरी मान्छे भेटिए बाटोमा, कोही साथ बने, कोही छुटे बाटोमा, समयले मलाई धेरै कुरा सिकायो, संघर्षले नै मलाई बलियो बनायो। [Bridge] आज म टाढा छु आफ्नै गाउँघरबाट, तर मन मेरो त्यहीँ छ आमाबुबाको साथ, आमाको माया अनि बुबाको पसिना, यिनै हुन् मेरो जीवनको असली गहना। [Final Hook] आमाबुबाको सपना पूरा गर्नुछ, बुबाको खाली गोजी नोटले भर्नुछ, आमाको थैली खुसीले भर्नुछ, जिन्दगीमा केही गरेर देखाउनुछ। म हुँ गाउँले सोझो ठिटो, सबैसँग बोलिदिने मिठो, खाएर हुर्केको आँटो–पिठो, तर सपना मेरो आकाशभन्दा ठूलो। [Outro] आज संघर्ष छ, भोलि उज्यालो हुनेछ, आज आँसु छ, भोलि मुस्कान हुनेछ, जबसम्म सास छ, प्रयास गरिरहन्छु, आमाबुबाको सपना पूरा गरेरै छाड्छु। 🎤